0Shares

चितवन पत्र, भरतपुर । अन्य लैंगिक समूहको तुलनामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमा यौन हिंसा बढी हुने गरेको बताईएको छ । परिवार र समाजबाट नै अपहेलनामा परेका कारण उनीहरुमाथि भएका सबै हिंसा बाहिर आउन नसकेको गुनासो यौनिक अप्पसंख्यकहरुले गरेका छन् ।

नविना गुरु·ले तेस्रो लिंगी भएकै कारण घर छोड्नु परेको बताईन् । घरबाट निस्केपछि बाँच्ने आधार भएन। उनले बाध्यताबश यौन पेशा अपनाउन थालेको बताईन । जबरजस्ती बलात्कार हुन्छ त्यो पीडा कतै सुनाउन नसकिएको उनको गुनासो छ। आफ्नै समुदायकी एक साथीलाई सुनाइन् । तर उजुरी गर्न कतै जान सकिनन्।

एलिसा गुरु· आफ्नो विगत सम्झिदै भन्छीन्, म छोरा भएर जन्मे पछी छोरीको व्यवहार आउन थाल्यो । घरमा बस्न सक्ने अवस्था भएन र घरबाट हिडे । घर समाज जताततै पीडा सहनुको विकल्प नभएको उनको भनाई छ । उनी तेस्रो लिंगी भएकै कारण घर छोड्न वाध्य भएको भन्दै भन्छीन्, फरक यौन पहिचानको कारण परिवारले स्वीकार नगर्ने । यही कारण घरबाट निस्केपछि हिंसा हुन्छ । अहिले पनि सार्वजनिक यातायात तथा प्रहरीबाटै दुव्र्यवहार हुने गरेको उनी बताउँछिन्। उनी भन्छीन्, “कामले रातको समयमा बाहिर हिड्दा प्रहरीसंग भेट भयो भने पिटाई खाईन्छ । उनी थप्छीन्, हाम्रो क्षेत्रमा यौन व्यवसायमा लाग्ने पनि छन्, तर सबैलाई एकै नजरमा हेरेर एउटै व्यवहार गर्न भएन ।”

यौनीक अल्पसख्यकहरु यौन पेशाबाट उम्कन खोजेको तर बिकल्प नपाएको इक्षा गुरु· बताउँछीन् । उनले स्थानीय तहले जागिरको लागि आह्वान गर्दा महिला र पुरुष भनेर गर्ने हामी अल्पसंख्यकहरुले जागिर पनि नपाउने बताईन । उनले भनीन्, “हामीलाई मान्छेहरु टाडाबाट नै चिन्छन्, हास्ने र गिजाउने गर्दछन्, हामी पनि लेखपढ गरेका छौ तर हाम्रो क्षमताको मूल्याड्ढकन नहुने उनको गुनासो छ ।”


यी त भए प्रतिनिधी घटना । यी समुदायको समस्या सुनुवाई र उनीहरुसंग हातेमालो गर्न जिल्ला प्रहरी कार्यालय चितवनले यौनिक अल्पसंख्यकहरुसंग प्रहरी अन्तरक्रिया कार्यक्रममा सहभागी अल्यसंख्यक समुदायका सहभागीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डीतले प्रहरी र यौनीक अल्पसंख्यकहरुसंग रातको समयमा विशेष गरेर धेरै भेटघाट हुने हुदाँ उहाँहरुको समस्या सुनौ र हातेमालो गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले यो समुदाय विशेष गरेर कानुनले वर्जित गरेको यौन पैशामा धेरैको सम्लग्नता रहेको भन्दै त्यसमा सचेत हुन आग्रह गर्नु भयो । प्रहरी उपरिक्षक पण्डितले समुदायमा पछिल्लो समय अल्पसंख्यकहरुलाई हेर्ने नजर परिवर्तन हुदै गएको भन्दै समस्याहरु माथि आवाज उठाउदै जान आग्रह गर्नु भयो ।


कार्यक्रममा सामुदायी सेवा केन्द्र भरतपुरकी प्रमुख एवं कार्यक्रमकी प्रमुख अतिर्थी शारदा कुवँरले अल्पसंख्यकहरुको समस्या संग हातेमालो गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा अधिकारकर्मी मिना खरेलले अल्पसंख्यकहरुको समस्यासंग नजिक रहेको भन्दै वैकल्पिक पेसाका लागि स्थानीय तहलाई खवरदारी गर्ने बताउनु भयो ।

कार्यक्रममा चितवन मानव सेवा आश्रमका उपाध्यक्ष विनोद ढकालले अल्पसंख्यकहरुको सार्वजनिक स्थानमा शौचालय नहुने, नागरिकता, पहिचानको समस्या लगाएत विविध समस्या रहेको बताउनु भयो । उहाँले समाजमा हिंसा बढ्दै गएको भन्दै सामाजिक संघ संस्थाहरुले त्यसको न्यूनिकरणमा उल्लेख्य भूमिका खेल्नुपर्ने बताउनु भयो । सानो काम गरेर धेरै प्रचार गर्न भन्दा काममा जोडदिन आग्रह गदै उहाँले कोही कसैले हिंसा गरेमा कानुन भन्दा माथि कोही जान नसक्ने बताउनु भयो ।


कार्यक्रममा माईती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले हिंसामा पर्नेक्रम नरोकिएको बताउनु भयो । माईती नेपालले यस्ता हिंसामा परेकाको संरक्षण र कानुनी लडाई लड्ने हुदाँ अल्पसंख्यकहरुको समस्यासंग हातेमालो गर्ने बताउनु भयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement