बिरामीको आफन्त हुँ भन्दै वीर अस्पतालको छैटौं तलामा गएर हाम फाल्ने पुरुषको मृत्यु
0Shares
काठमाडौँ, भदौ १८-
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका अन्दाजी ४० वर्षीया पुरुष मृत्यु भएको हो
सूचना अधिकारी मिश्रका अनुसार उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी आज बिहान करिब २र३ बजे माथि तलामा गएर हाम फालेका थिए ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भने ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















