0Shares

काठमाडौं, जेठ १८-

भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने भएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।

 

यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने छ । परियोजनाअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।

त्यस्तै भारतको सिलगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ । साथै झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपो निर्माण गरिने छ ।

यसले ढुवानी खर्च आधा कम पर्ने र उपभोक्तालाई सस्तो पर्ने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । दुईवटा पाइपलाइन भएका सप्लाईमा पनि थप सहज हुने र अर्काेतर्फ समयसँगै खर्च पनि घट्ने ठाकुरले बताए । यसले गर्दा उपभोक्तालाई सस्तो र सहज हुने उनले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement