0Shares

भरतपुर,जेठ १७-

उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उहाँले बाघका बारेमा झन् ज्ञान बढेको बताउनुहुन्छ ।

 

स्नातक तह अध्ययन गरिरहनुभएकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो । बाघ संरक्षणका लागि सडक नाटक लिएर उहाँ अहिले आफ्नो गाउँको चोक–चौतारामा पुग्ने गर्नुभएको छ । यो अभियानमा स्याङ्ताङ एक्लो हुनुहुन्न । उहाँसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन् । उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement