विवाह गर्न नमानेको भन्दै डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या
चितवन,बैशाख १७-
विवाह गर्न नमानेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन्। वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन्।
प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो। आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो। चितवनको नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ।
७ औ तहकी नर्श अनुमाका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन्। सुजन कान्ति बाल अस्पतालमा काम गर्थे। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। ‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















