चैत २० गते २ बजे पार्टी कार्यालयमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई एमाले चितवनको अनुरोध
0Shares
नेकपा एमाले चितवनले चैत २० गते जिल्ला पार्टी कार्यालयमा जम्मा हुन पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।
एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले आज एक सूचना प्रकाशित गरी दिउँसो २ बजे पार्टी कार्यालयमा जम्मा हुन अनुरोध गर्नुभएको हो ।
वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मनोनयन दर्ता गर्न पार्टी कार्यालयमा जम्मा भएर निर्वाचन कार्यालय जाने कार्यक्रम रहेको जनाईएको छ ।

उक्त क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष एवं जुझारु युवा नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















