0Shares

चितवन / चितवनको कुल जनसंख्या ७ लाख नाघेको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।जनगणनाको नतिजा अनुसार जनसंख्या वृद्धिदर हुने जिल्लामा चितवन तेस्रो स्थानमा रहेको छ । तथ्यांक अनुसार चितवनको वार्षिक जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको छ ।

जनगणनाको अन्तिम नतिजा अनुसार चितवनको कुल जनसंख्या ७ लाख १९ हजार ८५९ पुगेको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा चितवनको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको थियो ।यस्तै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाहरु मध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा रहेको छ । भरतपुरको कुल जनसंख्या ३ लाख ६९ २६८ रहेको छ ।

भरतपुरमा कुल परिवार संख्या ९६ हजार ५९१ रहेको छ । भरतपुरको जनसंख्यामा पुरुष १ लाख ७८ हजार ८९७ रहेको छ भने महिला १ लाख ९० हजार ३७१ रहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement