0Shares

चितवन, चैत १-

चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीनले कार्यकक्षमै रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ ।

कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग रोमान्स (रसलिला) गरेको भिडियो सार्वजनिक भएको हो । ६३ जना सहभागी रहेको जुम मिटिङकै समयमा महिला कर्मचारीलाई अंगालो हालेको र चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ । विश्वविद्यालयका सहप्राध्यापक सन्तोष मरहठ्ठा जुम मिटिङमा बोलिरहेको समयमा उनले महिला कर्मचारीलाई अंगालो हालेको देख्न सकिन्छ ।

 

उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । उनी डिनको एक कार्यकाल सकेर पुनः अर्को कार्यकालको लागि नियुक्त भएका हुन् । उनले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको समेत आरोप लाग्ने गरेको थियो । यसविषयमा विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीसँग कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement