0Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित अस्पताल लैजाने तयारी गरिएको जानकारी दिएका छन्।

आज कीर्तिपुरस्थित अस्पताल पुगेर सांसद भण्डारी र उनको उपचारमा संलग्न चिकित्सकहरूसँग कुराकानी गरेका मन्त्री गिरीले सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी रहेको बताए।

‘उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ,’ मन्त्री गिरीले भने, ‘मुम्बईस्थिन नेशनल बर्न्स सेन्टरका चिकित्सकहरूसँग कुराकानी भएको छ। उहाँलाई त्यहीँ लैजाने प्रक्रिया अघि बढेको छ।’

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका थिए।

‘श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement