0Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए।

प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। शपथसँगै प्रधानमन्त्रीले सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरेको पनि लामिछानेले जानकारी दिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement