कालिका नगरपालिकाद्धारा अभिभावक विहीन छात्रालाई शैक्षिक सामाग्री सहयोग
ईन्द्रा रेग्मी
चितवन, कालिका । कालिका नगरपालिकाले आमा बुबा गुमाएका छात्राहरुको लागि शैक्षिक सामाग्री सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले उपमेयरसंग छात्रा कार्यक्रम अन्र्तगत अभिभावक बिहीन छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिर्थी एवं कालिका नगरपालिकाको उपमेयर बिमला तामा·ले आमा बुवा नहुने छात्राहरुको लागि अभिभावकको भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले छात्राहरुलाई नियमित विद्यालयमा आएर अध्ययन गर्न आग्रह गर्दै कुनै पनि नानीहरु शैक्षिक सामाग्रीको अभावमा पढ्नबाट बन्चित हुन नपर्ने भन्दै पढ्न गाहे हुनेवितिकै नगरपालिकामा आउन अनुरोध गर्नुभयो । अभिभाव नभएका बालबालिकाको नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा उपमेयर तामा·ले शिक्षाको ज्योतिले आफ्नो भविष्य उज्यालो बनाउन आग्रह गर्दै महिला शिक्षित नभएसम्म समाज शिक्षित र बिकसित हुन नसक्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई अनुशासनमा रहेर आफ्नो भविष्य उज्वल बनाउदै भोलि देशको कर्णधार बन्नपनि आग्रह गर्नुभयो ।

कार्यक्रममा उपमेयर तामा·ले जमुना माध्यामिक विद्यालय कालिकामा अध्ययनरत बाह्जना छात्रा र भिमोदय माविमा अध्ययनरत १४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















