0Shares

निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली अनलाइनबाटै संकलन गर्ने भएको छ ।

निर्वाचन कार्यालयहरुमा भिडभाड र ढिलासुस्ती भएको भन्दै आयोगले मतदाताको सहजिकरणको लागि यस्तो व्यवस्था उपलब्ध गराउने भएको हो ।

आयोगले ‘भोटर लिस्ट रजिस्ट्रसन सिस्टम’ तयारी पारेको छ । खासगरी आयोगले पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु गर्ने जनाएको छ ।

त्यसका लागि फोटो सहितको मतदाता नामावली दर्ता गर्न आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भर्नुपर्ने छ ।

अनलाइन फारम भरेपनि उक्त व्यक्तिगत विवरणको प्रिन्ट र आवश्यक कागजात लिएर औंठा छाप दिन भने निर्वाचन कार्यालयनै उपस्थित हुनुपर्ने आयोगले जनाएको छ ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement