0Shares

 

भरतपुर । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाको १५ र्औ साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिर्थी मिलन बाबु श्रेष्ठले रेडक्रसको सिद्धान्त बमोजिम दुःखमा सहयोग गर्ने र आपत परेको बेला रेडक्रस सम्झिने भएकाले सिद्धान्त बमोजिमको कार्यमा यस शाखाले राम्रो काम गरेको बताउनु भयो । उहाँले कामको दौरानमा यस शाखालाई एम्वुलेन्स आवश्यक परेको बताउदैै आफ्नो तहबाट यस अभियानमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा विशिष्ट अतिर्थि वडा नम्वर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले वडाको जनप्रतिनिधि भएका हिसावले पनि मानविस सहयोगमा रातदिन नभनी लाग्ने यस रेडक्रस शाखालाई सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले विभिन्न अवसर र विपदहरुमा सहकार्य गरेको भन्दै आउदा दिनमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । वडा अध्यक्ष काफ्लेले यस क्षेत्रमा चालिएका हरेक कदमहरु सफलतापूर्वक सम्पन्न हुने गरेकाले यस संस्थाले सञ्चालन गरेको एम्बुलेन्स अभियान पूर्ण रुपमा सफल हुने कुराको विश्वास दिलाउँदै सहयोगमा जुट्न सम्पूर्ण वडावासी सहयोगीदाताहरुमा आग्रह गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिर्थि एवं नेपाल रेडक्रम सोसाईटी जिल्ला शाखा चितवनका उपसभापति रत्नप्रसाद सापकोटाले कोभीडको समयमा निकै राम्रो काम गरेको बताउनु भयो । रेडक्रसको सिद्धान्त बमोजिम नमुनाको रुपमा काम गर्ने उपशाखा मध्ये यस अग्रपंतिमा रहेको भन्दै उपशाखाको असल कार्यको प्रशंसा गर्नुभएको थियो ।

उक्त साधारणसभामा सचिव राजुवावु खनालले वार्षिक प्रतिवेदन भावी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष दिनेशराज ओस्तीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

सो अवसरमा नेपाली काँग्रेस वडा नम्वर ७ का वडा सभापति विनोद ढकाल, नेकपा एमालेका वडा अध्यक्ष गुरुचन्द्र घिमिरे, नेकपा माओवादीका वडा अध्यक्ष बामदेव अधिकारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कृष्णपुर उपशाखाका सभापति कृष्ण ढकालाको सभापतित्वमा भएको कार्यक्रममा चार जनालाई विशिष्ट सदस्य र एक जना यसस्कार सदस्यता दिएको छ । त्यसैगरी सोही अवसरमा तेह् जना विशिष्ट सदस्य र ६ जना यसस्कार सदस्यलाई सम्मान गरीएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement