146Shares

कालिका । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यस निर्वाचनमा महिलाहरुलाई उम्मेदवार बनाएर अवसर दिनेकाममा नेकपा एमाले पहिलो पार्टीभएको छ । एमालेबाट यस्तै उम्मेदवारको अवसर पाउने महिला हुनुहुन्छ, कालिकाकी बिमला तामाङ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चितवनको कालिका नगरपालिकाबाट बिमलाले उम्मेदवारी दिनुभएको छ । अहिले घरदैलो र आफ्नो चुनावी सभामा व्यस्त बिमलाको योजना आफ्नो नगरमा समतामूलक समाजको निर्माण गरी नगरको विकास गर्नु नै रहेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । यसैले पनि जनजाती समुदायकी र त्यसमाथि बिमलाकोउम्मेदवारीले कालिकामा उत्साह थपिदिएको छ ।
बिमलामा कालिका नगरपालिकामा रहेर विभिन्न संघ संस्थाहरु सफलता पूर्वक हाँकेको अनुभव छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेद्वारका रुपमा उहाँलाई लिईन्छ । मिसन र भिजन दुबैभएकी बिमला विशेष गरेर कालिकाका आम महिला दिदी बहिनीहरु माझमा परिचित हुनुहुन्छ । महिलाहरुको क्षमता विकास, न्याय र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सहकारी मार्फत उहाँले खेलेको भूमिका अतुलनिय छ ।
वि. स. २०३५ साल मंसिर १५ गते तत्कालिन शक्तिखोर गाविसको जुटपानीमा बुवा टेक बहादुर तामाङ्ग र आमा आईतीमाया तामाङ्गको कोखबाट जन्म भएको हो, बिमला तामाङ्गको । सानैबाट निडर र हक्की स्वभावकी बिमलामा केही गर्नुपर्छ भन्ने सोँच आउने गर्दथ्यो । उहाँ बाल्यकाल सम्झदै भन्नुहुन्छ, ‘विभिन्न आरोह र अवरोहका बीचमा बाल्यकाल र युवा अवस्था बित्यो । सधै नेकपा एमालेलाई संकटमा सतिसाल भएर उभिएँ। आज पार्टीले उपमेयरको लागि मैदानमा खडा गर्दैगर्दा जनताको माझमा गएर प्रत्यक्ष सेवा गर्नेअवसर पाउँछु भन्नेमा पूर्ण विश्वस्त छु ।’
बिमला भन्नुहुन्छ, ‘तामाङ्ग समुदाय आफैमा पछाडि परेको समुदाय हो । तर म भने बच्चाबाट नै निडर थिएँ । माईतमा आमा बुवाको साथ पाएँभने विवाह पश्चात श्रीमानले साना साना नानी बाबु रेखदेख गरेर बस्नेर म बाहिर हिड्ने वातावरण बन्यो। मलाई घर परिवारबाट सधै साथ सहयोग रहेको छ । यसैले पनि आफ्नोअभियानमा हिँड्न मलाई सजिलो भएको हो ।’
माओवादी जनयुद्धको समयमा होस् वा २०६२ ६३ को जनआन्दोजनको समयमा हरेक परिस्थितहरुलाई दृढ आत्मविश्वासका साथ मुकाविला गरेर अगाडि बढिरहनुभएको छ । बिमला घरमा साना लालाबालालाई छोडेर महिला दिदी बहिनीहरुको हक हितमा तल्लिन हुनुहुन्छ । आफ्नो विगत सम्झदै उहाँ भन्नुहुन्छ, ‘पारालिगल कमिटी शक्तिखोरको अध्यक्ष हुँदा कैयाँैहिंसामा परेका महिलाहरुलाई न्याय दिन सफल भएँ । अन्तरजातीय विवाह गरेका जोडीहरुलाई प्रोत्साहन गरियो । अहिले पनि उनीहरु खुसी देख्दा त्यसै मन खुसी भएर आउँछ । उतिबेला माओवादीको घर घरमा दादागिरी र ज्यादती हुन्थ्यो, कहिले एक्लै त कहिले सामुहिक रुपमा प्रतिकार गर्नगईन्थ्यो।
नेकपा एमाले कालिका नगरपालिकाको सह ईन्चार्ज बिमलासँग पार्टीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसैगरी उहाँले विभिन्न संघ संस्थाहरु हाँकेर महिलाहरुले पनि गर्न सक्छन् भन्ने उदारण पेश गर्नुभएको छ । नेकपा एमालेकोवडा कमिटि, नगर कमिटि, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटिसम्म पुग्नु भएकी बिमलाले अनेमसंघमा रहेर दिदी बहिनीहसँग सामुहिक रुपमा काम गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘महिलाको मुद्धाले छोईहाल्छ । कोही अन्यायमा परेको देख्न सक्दिन । न्यायको लागि अझैपनि ज्यान दिन पनि तयार छु । उहाँअहिले अखिल नेपाल महिला संघको जिल्ला सचिवाय सदस्य हुनुहुन्छ । त्यसैगरी बागमती प्रदेशको दुग्ध बिकास वोर्डको बोर्ड सदस्य, जुटपानी सामुदायिक वनको सहसचिव भएर काम गरेको अनुभव उहाँसँग छ ।
महिला दिदी बहिनीहरुलाई न्यायका साथसाथै आर्थिक रुपमा बलियो बनाउन पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष बिमला शक्तिखोरमा रहेका दिदी बहिनीहरुलाई समुहमा राख्दै थोरै भएपनि बचत गर्ने बानिको बिकास गराउन सफल हुनु भएको छ । बिमलाले शुरु गरेको त्यही सानो समुह अहिले प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी मार्फत अगाडि बढेको छ । महिलाहरुले आफुलाई आवश्यक पर्ने ऋण लिने र बचत गर्ने बानिको बिकास गराउन उहाँ महिनामा एक दिन समुह समुहमा दिदी बहिनीहरुलाई भेला गराएर बचत गराउदै आउनु भएको छ । करिब सात सय दिदी बहिनीहरुलाई प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी शक्तिखोर सेवा केन्द्रमा आवद्ध गराउदै आर्थिक रुपमा बलियो बनाउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ । उहाँ समुह समुहमा महिलाहरु भेला गराएर उनीहरुको दुख सुख सुन्दै आर्थिक र निर्णाय क्षेत्रमा महिला सहभागिता गराउन तल्लीन हुनुहुन्छ ।
उपमेयरको उम्मेद्धवार हुदै गर्दा उहाँको मुख्य एजेन्डा ‘सबैलाईसबैठाउँमा समान सहभागिता र अवसर’ भन्नेरहेको छ । हरेक क्षेत्रमा महिला पुरुष साथ साथ रहनका लागि महिलाहरुको निर्णायक क्षमता बढाउनेउहाँको पहिलो प्राथमिकतामा परेको छ । महिलाहरुको आवाज बुलन्द पार्न कुनैकमी नराख्ने उहाँ बताउनुहुन्छ ।

146Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement