माडीका युवाहरु माओवादी छाडेर एमाले प्रवेश
माडी १६ वैशाख । माडी नगरपालिका वडा नम्वर ५ बाट चार जना नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रबाट माडी नगरपालिकाको मेयरका उम्मेदवार ऋषि काफ्लेको वाडबाट पाँच जना युवाहरु माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेमा प्रवेश गर्नेमा राजकुमार दराई, खेमराज दराई, ईन्द्रेणी साँस्कृतिक मोर्चामा आवद्ध भएर लामो समय काम गर्नु भएका मिलन दराईले नेकपा माओवादी पाटी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । उहाँहरुलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य काशीनाथ अधिकारीले खादा ओडाएर स्वागत गर्नु भएको थियो ।
स्वागत कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवाली, पार्वती रावल, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने माडी नगर कमिटि सचिव श्रीप्रसाद ढवाडी लगाएतको उपस्थिती रहेको थियो ।
पार्टी प्रवेश गर्दै मिलन दराईले नेकपा माओवादीमा रहेर लामो समय रहदा कुनै दुखमा नेकपा माओवादीेले साथ नदिएको बताउनु भयो । उहाँले माडीमा आफुहरु माओवादीको मेयर नगरपालिकामा हुदाँ पनि कुनै दुख सुखमा साथ नपाएको बताउनु भन्नुभयो, “दराईको होम स्टे सञ्चालन गर्न मेयर साव जानु भयो उहाँले तिन चार वटा होईन दश बटा होम स्टे बनाउनु भनेर आउनु भयो तर कुनै सहयोग गर्नु भएन । बिहान खाए बेलुका के खाउ भन्ने अवस्थाबाट आउदा पनि माओवादीले कुनै दुखमा साथ दिन सकेन । ”
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















