भरतपुरमा उम्मेदवारी : मेयर ३०, उपमेयर १३ (उम्मेदवारहरुको सम्पूर्ण नामावली)
भरतपुर महानगरपालिकाको मेयरका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उपमेयरका लागि भने १३ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिकाका २९ वडाका लागि एक सय ४७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये राजनीतिक दलबाट एक सय २० तथा २७ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । भरतपुर १, ३,९, १०, ११, १२, १३, १५, १८, २०, २२, २५ र २६ मा स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ । सबै भन्दा धेरै वडा नम्बर ११ का लागि १२ जनाको उम्मेदवारी परेको छ ।
उता वडा सदस्यका लागि दुई सय २९, महिला सदस्यका लागि एक सय ३२ र दलित महिला सदस्यका लागि एक सय १२ जनाको उम्मेदवारी परेको छ ।
मेयर
उपमेयर
वडा अध्यक्ष
महिला सदस्य
दलित महिला सदस्य
वार्ड सदस्य
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















