0Shares

भरतपुर, १२ वैशाख । नेपाली कांग्रेसकाका अग्रज नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेसको झण्डासहित असन्तुष्ट कार्यकर्ताको जुलुस लिएर सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

जिल्ला पार्टी कार्यालयमा आइतबार भएको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । उहाँलाई उम्मेदवार बन्न कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गर्नु भएको छ ।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बन्नु भएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement