एमालेबाट रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठकको उम्मेदवारी दर्ता
0Shares
रत्ननगर, वैशाख १२-
एमालेबाट रत्ननगर नगरपालिकाको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकको उम्मेदवारी दर्ता भएको छ ।
रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार दुवाडी र पाठकले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुवाडी नगरको निवर्तमान मेयर हुन् भने पाठक पार्टीको नगर इन्चार्ज हुन् । मेयर र उपमेयर सहित वडा अध्यक्ष र वडा सदस्य गरी ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















