0Shares

११ वैशाख, काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । पहिलो दिन सोचे अनुसार सहज हुने गरी उम्मेदवारी दर्ता नभएको अनि ठूला दलहरुको उम्मेदवारी दर्ता नभएकाले सोमबार बढी चाप हुने आयोगले अनुमान गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार सोमबार नै उमेद्वारहरुको नामावलीको सूचि प्रकाशित गर्नुपर्ने हुन्छ । मंगलबार दावी विरोधको समय निर्धारण गरिएको छ ।

बुधबार र बिहीबार दावी विरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement