0Shares

भरतपुर । अनेमसंघ भरतपुर १३ को बिस्तारित भेलामा एकीकृत माओवादी परित्याग गरि १८ जना महिला शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सीता रेग्मीको नेतृत्वमा प्रवेश गरेका नवप्रबेशीहरुलाई टीका र खादा लगायर प्रमुख अतिथि एवम् नेकपा एमाले चितवनका उपसचिव प्रकाश ढुंगानाले स्वागत गर्नुभएको थियो ।

बिमला रानाभाटको अध्यक्षतामा सम्पन्न सो भेलाले उहाँकै संयोजकत्वमा वार्ड नम्बर १३ मा १५१ सदस्यीय महिला परिचालन समिती गठन गरेको छ ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य शान्ताराज आचार्य, जिल्ला सल्लाहकार कृष्ण प्रसाद सापकोटा, पार्टी वार्ड कमिटी अध्यक्ष ज्ञानहरि अर्याल लगायतले सम्बोधन गर्नु भएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement