0Shares

भरतपुर । भरतपुर महानगरमा जत्तिको विकास देशभर कतै भएको छैन जसरी प्रचार भएको छ । तर भौतिक विकासमा भरतपुर महानगरपालिकालाई चितवनकै अर्को पालिका खैरहनी नगरपालिकाले उछिनेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली नतिजा (लिजा)अनुसार भौतिक पूर्वाधार विकासमा जिल्लाका सातवटै स्थानीय तहको नतिजाअनुसार खैरहनी नगरपालिका अगाडि छ । यद्दपि आफ्नो कार्यकाल सकिनै लाग्दा जिल्लाका सबैजसो स्थानीय तहका प्रमुखहरुले आफ्नो पालिकामा व्यापक भौतिक विकास गरेको दाबी गरेका छन् । तर, लिजा अनुसार खैरहनीले सबैभन्दा बढी गत दुई आर्थिक वर्षको भौतिक पूर्वाधार विकासमा औसत ८९.४२ प्रतिशत हासिल गरेको हो ।

खैरहनीपछि सबैभन्दा बढी भौतिक पूर्वाधार विकास हुने पालिकामा भरतपुर महानगरपालिका रहेको छ । भरतपुरले गत दुई आर्थिक वर्षको भौतिक पूर्वाधारमा ७८.८४ प्रतिशत प्राप्त गरेको छ । यसैगरी, तेस्रो नम्बरमा राप्ती नगरपालिकाले भौतिक पूर्वाधारमा ६०.५७ प्रतिशत प्राप्त गरेको छ ।

यस्तै, रत्ननगर नगरपालिकाको ५८.६५ प्रतिशत, इच्छाकामना गाउँपालिकाको ५१.९२ प्रतिशत, कालिका नगरपालिकाको ३६.५३ प्रतिशत र माडी नगरपालिकाको ३२.६९ प्रतिशत रहेको छ । स्थानीय विकास मन्त्रालयको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले तयार पारेको प्रतिवेदनअनुसार भौतिक विकासमा खैरहनी नगरपालिका अब्बल देखिएको हो ।

भरतपुर महानगरकी मेयर (हाल निवर्तमान) रेनु दाहालले यहाँको विकास देखेर सबै चकित खाएको बताउँदै आएकी छन् । विकासमा अब्बल खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले काम गर्ने तर हल्लाखल्ला नगर्ने आफूहरुको पहिचान बनेको भन्दै जनता आफ्नो कामबाट खुसी रहेको प्रतिक्रिया दिए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बाहिर टीकाटिप्पणी जे–जस्तो भए पनि आफ्ना जनताका लागि आवश्यक काम गरेको बताए ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका विभिन्न पालिकाले विविध क्षेत्रमा गरेको प्रगति आफ्नो सूचना वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement