भरतपुर । प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष एवम् प्रेस चौतारी चितवनका अग्रज मनोज विष्टले प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।
प्रेस चौतारी चितवनको कार्यालयमा शनिबार एक कार्यक्रमबीच विष्टले कम्प्युटर हस्तान्तरण गरेका हुन् । प्रेस चौतारीको संस्थागत विकासका लागि कम्प्युटर प्रदान गरेको विष्टले बताए ।
प्रेस चौतारी चितवनले गरेका गतिविधिलाई अझै सहज र सबल बनाउन तथा संगठनको क्षमतालाई बढाउन आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने उनको भनाइ छ ।
सो अवसरमा बोल्दै प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनका पेसागत पत्रकारहरुको ठूलो संगठन प्रेस चौतारीलाई अझै सबल र सुदृढ बनाउन विष्टले गरेको योगदानलाई संगठनले उच्च मूल्याङ्कन गर्ने बताए ।
सो अवसरमा नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख रविकिरण पौडेल, प्रचार विभागका सचिव हरिप्रसाद पोखरेल, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, चौतारी चितवनका सचिव मुकुन्द भुसाललगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















