0Shares

काठमाडौं,८ बैशाख। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस चारवटा भैँसी समातेर भिरमा जान लागेको बताउनुभएको छ ।

बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई यस्तो आरोप लगाउनु भएको हो । उहाँले कांग्रेसले जोखिमपूर्ण चुनावी तालमेल गरेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयाे, ‘भैँसी भिरतिर गयो भनेर जोगाउने प्रयास गर्नुपर्छ । तर, लड्नै लागिसकेपछि छोडिदिएन भने आफू पनि भैँसीसँगै लडेर समाप्त हुने जोखिम हुन्छ कांग्रेस अहिले चारवटा भैँसी समातेर भिरतिर गइरहेको छ ।’

बैठकमा अध्यक्ष ओलीले भन्नुभयाे, ‘हाम्रो उद्देश्य यो देश बनाएर छाड्ने हो । यो देश गरीब हुन सक्ने देश होइन्। गरीब हुनै नसक्ने देश हो यो । हाम्रा पुर्खाहरुको हिसाबले यो पछाडि पर्नसक्ने देश होइन। यस्तो उर्वर, जिउँदो माटो, जिउँदो हावा भएको देश हो।’

माटो मृत भयो भने केही नहुने भन्दै बिरामी भएको माटोलाई उपचार गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ।

उहाँले भन्नुभयो ‘माटो मृत भयो भने त्यसमा केही हुँदैन। हाम्रो माटो जिउँदो माटो हो। माटो बिमारी होला त्यसको उपचार हुन्छ। आम रुपमा माटो स्वस्थ छ, त्यसको उपचार हुन्छ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement