माडीमा एमालेबाट मेयरमा ७ जना र उपमेयरमा ६ जनाको दावी
0Shares
माडी, २९ चैत । माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि ७ जना र उपमेयर पदमा ६ जनाले दावी गर्नुभएको छ ।
एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार बिष्ट, तारा कुमारी काजी महत्तो, नारायण पौडेल, रामेश्वर महत्तो, रेशमलाल आचार्य, रामेश्वर चौधरी, नारायण प्रसाद अधिकारी दावी गर्नुभएको छ ।
यस्तै उपमेयर पदमा मथुरा बहादुर भण्डारी, कोपिला सिवाकोटी, सीता तिमिल्सिना, शिवहरी सुवेदी, श्रीप्रसाद दवाडी र कमल रामदामले दावी गर्नुभएको सचिव दवाडीले जानकारी दिनुभयो । दावी गरिएका नाममा छलफल गरी जिल्लामा सिफारिस गर्ने उहाँले बताउनभयो ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















