0Shares

मुग्लिन, २८ चैत । नेकपा (एमाले) को इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा दानबहादुर गुरुङको नाम सर्वसम्मतले सिफारिस गरेको छ । सोमबार बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गर्नु भएको हो । सोही प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । सर्वसम्मत भएपछि उहाँलाई नै जिल्ला कमिटीमा सिफारिस गरिने सिलवालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष भईसक्नु भएका गुरूङ शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा सक्रिय हुनु भएको थियो । गाउँपालिका उपाध्यक्षको उम्मेदवारका लागि ७ जनाले दावी पेश गरेको सिलवालले जानकारी दिनुभयो ।

यसअघि एमालेको तर्फबाट भरतपुरमा पनि एमालेले देवी ज्ञवालीलाई सर्वसम्मत मेयरको उम्मेदवार बनाईसकेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement