कांग्रेसबाट भरतपुरको मेयरमा २५ र उपमेयरमा २४ जना आकांक्षी
चितवन, २८ चैत । भरतपुर महानगरपालिकामा कांग्रेसका २५ जनाले मेयर र २४ जनाले उपमेयरमा आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आईतबार र सोमबार आकांक्षीहरुको नाम संकलन गरेको हो ।
दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज दोस्रो दिनमा थप १२ नेताले मेयरमा र ११ जनाले उपमेयरमा नाम दर्ता गरेका हुन् । आज थपिएसँगै मेयरमा २५ जना र उपमेयरमा २४ जना आकांक्षी पुगेका छन् ।
आइतबार बिहान ११ बजेबाट सुरु भएको मनोनयन आज साँझसम्म चलेको थियो । आइतबार पहिलो दिन भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् । आज दोस्रो दिन मेयर पदका लागि नाम दर्ता गर्नेमा घनश्याम दवाडी, हिरामणि अधिकारी, प्रा.डा.सूर्यकान्त घिमिरे, राजेन्द्र डोटेल, टेकप्रसाद गुरुङ, डा केशबभक्त सापकोटा, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, भरत गुरुङ, शम्भुप्रसाद अर्याल, सुबोध प्रधान र मीनाकुमार खरेल रहनु भएको छ ।
पहिलो दिन आइतबार उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, टंकनाथ पौडेल, पुर्णबहादुर गुरुङ र राजिब न्यौपानेले मनोनयन दर्ता गराउनु भएको थियो । आज दोस्रो दिन विदुर केसी, गौरी खरेल अधिकारी, विजय घले, बिनु रायमाझी, गीता गुरुङ, सूर्यनाथ अधिकारी, महेन्द्र श्रेष्ठ, भोजराज कौडेल, सुरवीर पोखरेल, निर्मलराज पौडेलले उपमेयरमा आकांक्षा देखाएर नाम दर्ता गराउनु भएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो । सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी यस यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने चर्चा चलेको भए पनि मेयर र उपमेयर ककसले पाउने भन्ने निर्णय भईसकेको छैन ।
नेकपा (एमाले) ले विजय सुवेदीलाई भरतपुर महानगरको मेयरको उम्मेदवार बनाउने निश्चित भईसकेको छ ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















