0Shares

काठमाडौं,३० फाल्गुन। तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पृथ्वी राजमार्ग स्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो ठोक्किएको थियो ।

दुर्घटनामा परेर ग।३च ६०१२ नम्बरको टाटा सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८ घर भएका ओम प्रकाश गुरुङ, रुद्र बहादुर सेन र लक्ष्मी कुमारी शाहीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार हुँदै छ । घाइते मध्येका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग।२ ख ३०७ नम्बरको बस ठोक्किँदा सुमो पल्टिएको थियो । बस चालक अनिल बयलकोटीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement