0Shares

चितवन,फागुन २६-

सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूची तयार गरेको छ । सरकारले कुन महिना कति दिन बिदा दिने उल्लेख गर्दै राजपत्रमा सूचना जारी गरेको हो । सुचना अनुसार पहिलो महिना बैशाखमा शनिबार बाहेक एक दिन मात्र बिदा सार्वजनिक बिदा हुनेछ । यस्तै, जेठमा २ गते सोमबार बिदा हुनेछ । असारमा कुनै पनि बिदा छैन । साउन २७ गते सार्वजनिक बिदा दिएको छ ।

यसैगरी, भदौ ३ गते बिदा दिएको छ । असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ । दशैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ ।

तिहार बिदा कार्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ । यसबाहेक विभिन्न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरुमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ । यो सबै मिलाएर २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement