मञ्जुश्रीद्धारा नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका महिला सम्मानित
भरतपुर । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ ।
सामाजिक काममा अग्रसर भई सबैको लागि प्रेरणादाई काम गरेको भन्दै संस्थाले जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल प्रमुख, प्रहरी निरीक्षक कमला नराल, एकल महिला चितवनकी अध्यक्ष रुकु अधिकारी, मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी कार्यसमिति सदस्य एवं सामाजि अभियान्ता कमला गौतम र सामाजिक अभियान्ता सुमित्रा देवी भुजेललाई सम्मान गरेको हो ।
सो सम्मान कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय सभापति एवं कार्यक्रमकी प्रमुख अतिर्थी पार्वति रावलले महिलाहरुलाई आजको यो स्थानसम्म ल्याउन संघर्ष गर्ने सम्पूर्ण महिलाहरुको योगदानको कदर गर्नुपर्ने बताउनु भयो । उहाँले अव घर घरमा छोरा छोरी दुवैलाई समान व्यवहार गरेर दुवैलाई हिंसाका बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो ।
प्रमुख अतिर्थी रावलले हरेक क्षेत्रको बिकासले हिंसाको गोपनियता हराएको बताउनु भयो । उहाँले हिंसाले धेरै प्रकारका चुनौतीहरु थपिएको भन्दै सम्पूर्ण मानव एक भएर हिंसा न्यूनिकरणमा लाग्नु पर्ने बताउनु भयो ।
सो अवसरमा संस्थाकी अध्यक्ष मञ्जु खाँडले विगत आठ वर्ष देखी संस्थाले विभिन्न हिंसामा परेका बालबालिका एवं महिलाहरुको उद्धार संरक्षण र पुर्नरमिलन गराउने काम गरेको बताउनु भयो । उहाँले हिंसामा परेका महिलाहरुमा मानसिक समस्या लामो समयसम्म रहनेहुदाँ मनोसामाजिक परामर्शबाट हिंसा पिडीत महिलाहरुलाई समाजमा घुलमिल गराउनु पर्ने बताउनु भयो । अध्यक्ष खाँडले हिंसामा परेका महिलाहरुका लागि छिटो भन्दा छिटो कानुनी न्याय दिदै उनीहरुलाई सिप मुलक काम दिई आर्थिक रुपमा बलियो बनाउन सके मात्रै हिंसामा परेका महिलाहरुको मनोवल बढ्ने बताउनु भयो ।
केही दिन अगाडी मात्रै सातौ साधारण सभा मनाएको संस्थाले २४ जना बालबालिकालाई संरक्षण दिईरहेको छ । संस्थाले १८५ जनालाई पुर्नरमिलन गराउने सफल भएको छ । संस्थाले भरतपुर महानगरपालिका वडा नम्वर ११ गणेस्थानबाट आफ्नै भवन सञ्चालनमा रहेको छ ।
सम्बन्धित खवर
-
भरतपुर, साउन २१। प्रभात ...
-
काठमाडौं, साउन २० – सरकारले ...



















