0Shares

काठमाडौं । संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरले बताएका छन् । थप रणनीति बनाउन एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि जुटेका छन् ।

वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताए । उनले आफूहरु थप छलफलका लागि अध्यक्ष ओलीको निवासमा आइपुगेको बताए ।

कांग्रेस र एमालेबीच शुक्रबार विहान पुनः छलफल हुँदैछ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement