0Shares

काठमाण्डौ । सरकारले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त गरेको छ।

गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ नियुक्त गरेको हो। नेप्सेको सीईओ छनोट समितिले यसअघि ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषदमा पठाएको थियो।

त्यसअघि छनोट समितिले ११ आवेदकबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो। ती ५ जनामध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो। कार्की बुढीगण्डकी आयोजनाका प्रमुख पनि हुन्।

नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए। साउदको राजीनामा झन्डै साढे ५ महिनापछि नेप्सेले नयाँ सीईओ पाएको हो।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement