माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रचण्डसहित चितवनका ९ जना मनोनित
चितवन,पुस १८-
नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रस्ताब गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिको नामावली पारित भएको छ । बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । जसमा अध्यक्ष प्रचण्डसहित चितवनबाट नौं जना केन्द्रीय सदस्यमा परेका छन् ।
चितवनबाट खसआर्य पुरुषतर्फ प्रचण्डका भाई नारायण दाहाल पहिलो नम्वरमा पर्नुभएको छ भने चितवनकै सुर्य सुवेदी पथिक दोस्रो नम्वरमा हुनुहुन्छ । प्रचण्ड पुत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल खसआर्य महिलातर्फ केन्द्रीय सदस्य हुनुभएको छ । यस्तै गंगा बेलबासे पनि केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।
खस आर्य तर्फ नै चितवनकी ज्ञानु बस्नेत सुवेदी पनि केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । यस्तै नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियार दलित पुरुष तर्फबाट केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यमा चितवनका अध्यक्ष प्रचण्डसंगै इश्वरी भट्टराई र सन्तु दराई मनोनित हुनुभएको छ । उक्त केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।
यस्तै खुल्ला केन्द्रीय सदस्यहरुमा खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाल लगायत हुनुहुन्छ ।
दलित केन्द्रीय सदस्यतर्फ विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज, पम्फा बसेललगायत हुनुहुन्छ ।
खस आर्यतर्फ (पुरुष, महिला र युवा) तर्फ केन्द्रीय सदस्यमा नारायण दाहाल, सूर्य सुवेदी, धीरेन्द्र शर्मा बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवेन्द्र पराजुली, हरिराज अधिकारी, विजय भण्डारी, दुर्गा चापागाईँ, दानबहादुर सोडारी, यशोदा न्यौपाने, विमल सिंह, दीपा सिंखडा, गीता सुवेदी, कृष्ण शाही, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईं, रुक्मिणी गौतम, हरिमाया शर्मा, आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगा बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, दीपा सिंखडा, ज्ञानु बस्नेत, लक्ष्मी न्यौपाने, मञ्जु बमलगायत हुनुहुन्छ ।
थारुतर्फ (पुरुष,महिला र युवा) तर्फ केन्द्रीय सदस्यमा शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौध्री, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरीलगायत हुनुहुन्छ ।
आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा) तर्फ केन्द्रीय सदस्यमा अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेवे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बीना मगर, आर तामाङ, कमला पहाडी लगायत मनोनित हुनुभएको छ ।
यसैगरी मधेसीतर्फ रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनीताकुमारी महतो,अपाङ्गतर्फ चूडामणि खड्का, घनश्याम यादव, चम्पा कार्की, मुस्लिमतर्फ हकिकुल्लाह मुसलमान लगायत केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।



















