0Shares

काठमाडौं । आफ्नो अस्तव्यस्थ सांगठानिक अवस्थामाझ नेपा (माओवादी केन्द्र)ले आजदेखि राष्ट्रिय महाविधेशन गर्दैै छ । चार महिनाअघिदेखि राष्ट्रिय सम्मेलन भनिएकोमा ठीक अघिल्लो दिन त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकोछ। यसलाई आठौं महाधिवेशन भन्ने प्रस्ताव गरिएको छ।

२०६९ माघमा हेटौंडामा भएको सातौं महाधिवेशन भएकाले यसलाई आठौं महाधिवेशन भनिएको छ। ‘नेकपा’कालीन समयलाई ‘शून्य समय’ मानिएको छ ।

दिउँसो १ बजपछि प्रज्ञा भवनमा महाधिवेशन सुरु हुनेछ । महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

महाधिवेशनले अध्यक्षमा प्रचण्डको नेतृत्व नवीकरण गर्नेदेखि पदाधिकारी चयन गर्नेछ ।

महाधिवेशन सुरु हुनुअघि आज विहान माओवादीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक ८ बजेदेखि सुरु हुने भनिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement