0Shares

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज (मंसिर २९ गते) समृद्धि फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ। बोर्डले समृद्धि फाइनान्सलाई २ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।

सेबोनबाट अनुमति पाएसँगै समृद्धि फाइनान्सले अब २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ।

यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement