0Shares

चितवन, मंसिर १६ । नेकपा (एमाले्) को १० औंँ महाधिवेशनको बन्द सत्र भएको सौराहा क्षेत्रको नेकपा एमाले चितवनले सरसफाई गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलको नेतृत्वको टोलीले कार्यक्रम अवधिभर भएका फोहोर संकलन गरेर व्यवस्थापन गरेको हो ।

मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहामा भएको थियो । हिजो मंसिर १५ गतेसम्म कतिपय नेता तथा कार्यकर्ताहरु सौराहामा नै रहनु भएको थियो । कार्यक्रम सम्पन्न गरेर सबै पार्टी नेता तथा कार्यकर्ताहरु फर्किएपछि सरसफाई अभियान सञ्चालन गरिएको अध्यक्ष रावलले बताउनुभयो ।

सरसफाई कार्यक्रममा स्थानीय नेता कार्यकर्ता र व्यवसायीको सहभागिता रहेको थियो । महाधिवेशन स्थलको सरसफाइ आफैँले गर्नुपर्छ भन्ने सामाजिक उत्तरदायित्वको भावनाले सरसफाइ गरिएको अध्यक्ष रावलले बताउनुभयो । नवनिर्वाचित केन्द्रीय सदस्य समेत रहनु भएकी रावलले उद्घाटन सत्र भएको नारायणी किनार, सवारी पार्किङ गरिएका भरतपुर बसपार्क, आँपटारी, टिकौली चौर लगायतका ठाउँहरुमा यस अघि नै सरसफाई गरिएको जानकारी दिनुभयो ।

आज भएको कार्यक्रममा केन्द्रीय सदस्य कपिल पोखरेल, रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दुवाडी, स्थानीय उद्योगी राजाराम रेग्मी, युवा संघका नेताहरु प्रताप डल्लाकोटीलगायत सौराहाका एमाले नेता तथा कार्यकर्ताहरु सहभागी हुनुहुन्थ्यो ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement