0Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ । महाधिवेशनका लागि ९ दिन बाँकी रहँदा ६१ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेका छन् ।

अझै १६ जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेका छन् । ढिलो गरी अधिवेशन सुरू भएको २ नम्बर प्रदेशका आठ जिल्लामा अधिवेशन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशको बाँके , गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र वागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन भएका छैनन् ।

यद्यपि ती जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएर महाधिवेशन प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेकोले प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन बाधा नपर्ने देखिन्छ । प्रदेश २ मा भने अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन हुन सकेका छैनन् । क्षेत्रीय अधिवेशन हुन नसके प्रदेश २ को प्रादेशिक अधिवेशन नै प्रभावित हुनसक्छ ।

यी हुन् जिल्ला अधिवेशन पूर्णरूपमा सकिने बाँकी जिल्लाहरू :

१.कैलाली

२.बाँके

३.सिन्धुली

४.चितवन

५.मकवानपुर

६.बारा

७. धनुषा

८. महोत्तरी

९. पर्सा

१०. रौतहट

११. सर्लाही

१२. सप्तरी

१३. सिराहा

१४. सिन्धुपाल्चोक

१५. नवलपरासी (बर्दघाटपूर्व)

१६. अछाम

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement