नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ (ख) को सभापतिमा सिंह बिजयी
बारा १४ मंसिर, नेपाली काँग्रेस बाराको प्रदेश निर्वाचन क्षेत्र नम्बर ४ (ख¬¬) को सभापतिमा लोकेश सिंह निर्वाचित हुनु भएको छ ।
नेपाल तरुण दल बाराका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य रहनु भएका सिंहले गएराती भएको मतदानमा ८५ मत ल्याई बिजयी हुनु भएको हो । उहाँले निकटतम प्रतिस्पधीलाई भारी मतका साथ पराजीत गनुृभएको छ । उहाँले ८५ मत ल्याउदा उहाँका प्रतिस्पर्धी दिनेश साहले १२ मत ल्याउनु भएको निर्वाचन समितिले जनाएको छ ।
बारा जिल्ला प्रदेश निर्वाचन क्षेत्र ४ ख को क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको सिंह देउवा समुहबाट उम्मेदवारी दिनु भएको थियो । उहाँले पौडेल समुहका दिनेश साह कानुलाई पाराजित गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो । क्षेत्रीय सभापति निर्वाचित सिंह लामो समय देखि राजनीतिमा सक्रिय हुनु युवा नेता हुन्छ । गत प्रदेश सभा निर्वाचनमा सिंह प्रदेश सभा सदस्यको उम्मेदवारको दाबेदार समेत रहनु भएको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















