0Shares

चितवन । नेकपा एमालेको दसौँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्षका प्रत्यासी वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भिम रावलले मतदान गरिसक्नु भएको छ ।

त्यसैगरी अन्य पदाधिकारी र सदस्यसहित प्रतिनिधिले लाइनमा बसेर मतदान गरिरहेका छन् । सौराहास्थित होटल सेभेन स्टारमा भइरहेको मतदान सकिएसँगै केहीबेरमै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । एकजना मतदातालाई मतदान गर्न कम्तीमा १५ मिनेट लाग्ने देखिएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले पनि करीब १५ मिनेटमा मतदान गरिसक्नु भएको थियो ।

दशौं राष्ट्रिय महाधिवेशनअन्तरत नेतृत्व चयनका लागि मतदान भइरहेको छ । प्रतिनिधिहरु मतदानका लागि लामबद्ध छन् । र उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

बिहान चार बजेदेखि सुरु भएको मतदान नौ बजेसम्म जारी रहने बताइएको छ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि मतदान भइरहेको छ । त्यस्तै सदस्यहरुका लागि पनि मतदान भइरहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement