मंसिर ६ रत्तननगर । अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्ननगरको आयोजनामा सरसफाई गरीएको छ ।
नेकपा एमालेको १० औ महाधिवेसनलाई लक्षित गरेर सरसफाई गरीएको अनेमसंघ रत्ननगरकी अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले बताउनु भयो । सुन्दर रत्नगरलाई रत्न जस्तै बनाउने र बाहीर जिल्लाबाट आउने प्रतिनिधिलाई सफा, सुन्दर नगरीमा स्वागत गर्ने उदेश्यका साथ सरसफाई गरीएको अनेमसंघ रत्ननगरकी अध्यक्ष घिमिरेले बताउनु भयो ।
नेकपा एमाले चितवनका ईन्चार्ज एवं कार्यक्रमका प्रमुख अतिर्थी काशीनाथ अधिकारीले कुचो र झाडु अध्यक्ष घिमिरेलाई दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा प्रमुख अतिर्थी अधिकारीले सरसफाईले आउने पाँहुनालाई स्वागत गरीरहेको बताउनु भयो । उहाँले महाधिवेसन सफल बनाउन यसैगरी हरेक क्षेत्र लागी परेको बताउनु भयो ।
दुईदिनसम्म गरिने सरसफाईको पहिलो दिन आज टिकौली जंगल छेउबाट निपनी चोकसम्म सरसफाई गरिएको थियो । भोली टाँडी चोकसम्म सरसफाई गरिने बताउनु भयो । वन्द सत्र रत्ननगरम हुनेहुदाँ पनि आउने पाँहुनालाई सफा शहरमा स्वागत गर्न आतुर भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सो सरसफाईको क्रममा दुई ट्रयाक्टर फोहोर संकलन गरिएको थियो ।
सरसफाई कार्यक्रममा अनेमसंघ रत्ननगर कमीटी, नेकपा एमाले रनपा वडा नम्वर ९ वडा कमीटि र स्थानियको सहभागिता रहेको थियो । नेकपा एमालेको मंसिर १० गतेदेखी १२ गतेसम्म चितवनमा अधिवेसन हुदैछ । मंसिर १० गते नारायणी तिरमा उद्घाटन हुनेछ भने, रत्तनगरको सौराहमा मंसिर ११ र १२ गते बन्द सत्र हुने भएको छ । वन्द सत्रको अवसरमा सौराहमा अनेमसंघले महिला उद्यमीहरुका लागि उत्पादीत सामानहरु विक्रीका लागि निशुल्क स्टलको व्यवस्था गरेको अध्यक्ष घिमिरेले बताउनु भएको छ ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















