शिक्षक संगठन भरतपुर महानगरको अध्यक्षमा दुर्गा सापकोटा,सचिवमा बिपिन पाठक
0Shares
नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगरपालिकाको अध्यक्षमा दुर्गा सापकोटा निर्वाचित हुनुभएको छ । शनिवार भरतपुरमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा विष्णु सापकोटा, महिला उपाध्यक्ष सृजना अधिकारी, सचिव विपिन पाठक, सहसचिव विनिता श्रेष्ठ र कोषाध्यक्षमा यमुना बराल निर्वाचित हुनुभएको छ । अधिवेशनले ४५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिनिधि सभा सांसद कृष्णभक्त पोखरेलको प्रमुख आतित्थ्यतामा सम्पन्न अधिवेशन दुर्गा सापकोटाको अध्यक्षतामा भएको थियो । निर्वाचित कमिटीका सदस्यलाई नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व महासचिव रमाकान्त सापकोटाले सपथ गराउनुभएको थियो । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको रहनेछ ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















