फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ, एमाले एक्लै काफी छ : ओली
चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गरे।
‘चितवनमा महाधिवेशन गर्ने कुन्सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’
ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’
अध्यक्ष केपी शर्मा ओलीले चुनावमा ५ गठबन्धन मिलेर आए पनि चुनाव जित्न नेकपा एमाले एक्लै काफी रहेको बताए।
आज सोमबार भरतपुर महानगरको अधिवेशनमा बोल्दै उनले यस्तो बताए । ५ गठबन्धन चुनावसम्म जारी राख्न आवश्यक रहेको भन्दै केही नेताहरुले भाषण गर्दै हिँडेको बताउँदै उनले जोजो मिलेर आए पनि एमालले सामना गर्ने बताए ।
उनले एमालेले लोकतन्त्रमा विश्वास गर्ने बताउँदै जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए । उनले अब फेरि कसैले मत पत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्न पनि चेतावनी दिएका छन् ।
उनले दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टी ध्वस्त पार्ने कोको हुन् ? भनेर जनताले चिनिसकेको बताउँदै अब एमालेले एक्लै बहुमत ल्याउने बताए ।
आफूहरु हरेक क्षेत्रमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिएका छन् ।
सुरुमा स्थानीय चुनाव आउने बताउँदै उनले स्थानीय चुनावमै विपक्षीहरुलाई धोवीले लुगा पछारे झैं पछार्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















