11Shares

पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् :‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताए । गएराति साढे तीन बजे फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।

बास्तोलाले आफ्नै श्रीमतीले ९ जना व्यक्तिहरूसँगको षडयन्त्रमा झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको, लेनदेनको कागज नच्याती पेश गरेको, नशालु पदार्थ खुवाएर एक महिलाको कोठामा पठाइ फसाउने उद्देश्यले यौन भिडियो बनाउने कार्य गरेर फसाउन खोजिएको समेत फेसबुकमा उल्लेख गरेका छन् ।

उनले लज्जा देख्नुभन्दा अस्ताउनु बेस भन्दै श्रीमतीलाई ‘छलकपटकी श्रीमती’ भएको उल्लेख गरेका छन् । बास्तोलाले ऋणहरू प्रायः आफूले तिरेको र केही बाँकी रहेको भए श्रीमतीसँगै माग्न भनेका छन् । किरिया कोहि नबस्न र लाश नजलाउन समेत उनले अनुरोध गरेका छन् ।

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ ।
11Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement