काठमाडौंमा शुक्रबार १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने
0Shares
काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो । महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताइएको छ ।
निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ ।
महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनेको छ । खोपका लागि अनलाइन दर्ता अनिवार्य छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















