0Shares

न्युज कारखाना

काठमाडौं, ९ असोज

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्यानिटरी प्याडमा लगाएको कर फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस वडा नम्बर १७ को वडा कार्यसमितिद्वारा आयोजित एक कार्यक्रममा सिंहले स्यानिटरी प्याडमा कर लगाउने सरकारको योजनामाथि प्रश्न उठाउँदै भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर हटाउनुपर्ने बताए ।

प्याडमा कर लगाउने निर्णयबारे सरकारले जवाफ दिनुपर्ने भएकाले यस्ता निर्णयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement