प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले चितवनमा प्रचण्ड भर्सेज बादलको चुनाव हुने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवाद र राष्ट्रियताविरोधी भएको आरोप लगाएका छन् ।
‘राष्ट्रियता, समाजवाद, र समृद्धिको लाइन मैले छाडेको छैन, पुष्पकमल दाहालले छाडेका छन्’, उनले भने, ‘उनी दक्षिणपन्थी विचलनतिर लागे, पार्टीको लाइन छाडेर पलायन भए ।’ उनले राष्ट्रियतामा नयाँ चूनौतीहरु देखा परेको बताए ।
‘गृहमन्त्रालयले अस्ति भर्खरै आदेश जारी गर्यो, मित्रराष्ट्रको विरुद्धमा आँच आउने अभिव्यक्ति, विरोधहरु गर्न नपाउने भनेर’, उनले भने, ‘लिम्यिाधुराको प्रश्न होस् या एमसीसीका विषयमा विरोध गर्न नपाउनु भनेको उहाँहरुले लिएको राष्ट्रविरोधी लाइन हो । लोकतन्त्रविरोधी लाइन हो ।’
आयस्रोत खुलाउन नपर्ने नीति ल्याएर सरकारले कालोधनलाई संरक्षण गर्न खाजेको आरोप लगाए । उनले प्रचण्ड विस्तारै एक्लिने दाबी गरे । ‘पार्टी फुटाएर जानेहरुले समाजवादको लाइन छाडेका छन् । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी नै छ’, उनले भने, ‘माओवादीभित्र अन्तरविरोध छन् , स्वयम प्रचण्डले आफू एक्लै हुने त होइन भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।’ कार्यक्रम प्रेस चौतारी नेपाल चितवनका कार्यबाहक अध्यक्ष मुकुन्द भुसालको अध्यक्षतामा भएको थियो भने सचिवालय सदस्य हेमराज रिमालले सहजीकरण गरेका थिए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















