शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत मंगलबार नयाँ रेकर्ड बनाएको नेप्से सूचकले बुधबार उक्त रेकर्डलाई तोड्दै नयाँ उचाई कायम गरेको छ।
बुधबार नेप्से सूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। यस्तै बुधबार सेन्सेटिभ इन्डेक्स पनि ०.७० अंकले बढेको छ।
बुधबार कारोबार रकम समेत बढेको छ। मंगलबार साढे ११ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर कारोबार भएको छ।
- ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
बुधबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्।
बुधबार अपि पावर, खानिखोला हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।
यता ङादी ग्रुप पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ भने लक्ष्मी इक्वीटि फण्डको ४.७५ प्रतिशत, पोखरा फइनान्सको ४.५१ प्रतिशत, विजय लघुवित्तको ४.३५ प्रतिशत र नेरुडे लघुवित्तको शेयरमूल्य ४.३२ प्रतिशतले घटेको छ।
बुधबार अपि पावरको सबैभन्दा धेरै ७९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावर ५६ करोड ७२ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ३४ लाख, अरुण काबेली हाइड्रोपावरको ४१ करोड ५५ लाख रुपैयाँ र छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
- लगानीकर्ताकाे आकर्षण हाइड्रोपावरमै
बुधबार हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण देखिएको छ। केही दिनदेखि बढीरहेकाे हाइड्राेमा कुलमान घिसिङ प्राधिकरणकाे कार्यकारी निर्देशक बन्ने खबरले झनै उर्जा दियाे ।
हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने बिकास बैंक र फाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन कारोबारका आएका १३ वटा उपसमूहमध्ये ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ६ उपसम्रहको सूचक नकारात्मक देखिएको छ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















