0Shares

चितवन, जेठ १९–

चितवनमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको छ । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ । यसपटक केही खुकुलो पारेर निषेधाज्ञाको अवधि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । यस अवधिमा चितवनमा कोरोना संक्रमणको दर केही घट्न थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भइरहेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छलफल पश्चात आजै निषेधाज्ञाको अवधि बढाईने नारायणी अनलाइनलाई जानकारी दिए । ‘जिल्लामा संक्रमणदर घट्दो छ, सबैको सल्लाह अनुसार आज निर्णय लिन्छौँ, केही खुकुलो पार्ने की भन्ने सुझाव छ’–प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement