चितवनमा निषेधाज्ञाको तेस्रो दिन ः झरिका कारण केहि फितलो
भरतपुर १९ बैसाख ।
चितवनमा निषेधाज्ञाको तेस्रो दिन आज आइतवार झरिका कारण निषेधाज्ञा केहि फितलो देखिएको छ । सडकमा हिजोको तुलनामा आज सवारी साधनको बाक्लो उपस्थिती रहेको छ । सडकमा हिजो सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेपनि आज सुरक्षाकर्मी सडकमा कम परिचालित छन् ।
कोरोना संक्रमणको जोखिम अत्याधिक रहेको चितवनमा बैसाख १६ गते मध्येरात देखि निषेधाज्ञा लागु गरिएको छ । चितवनमा भरतपुर सहित अधिकांश ठाँउमा अहिले मेघ गर्जन सहित बर्षा भइरहेको छ । कोरोना संक्रमण न्युनिकरण गर्न चितवनमा निषेधाज्ञा लगाइएको हो । अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्णरुपमा पालना गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
शनिवार निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट रु ७२ हजार ९०० जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिनुभयो ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















