मेरो स्मृतिमा कमरेड जेपी
उनी विते पछि देवत्वकरण त धेरैले गर्लान तर मैले विर्सनै नसक्ने र नयाँ पिँढीले जान्नै पर्ने केही स्मृतिहरु नलेखि बस्न सकिन।
२०३२ सालकाे कुरा हाे। जे पि चाैथाे महाधिवेशन वाला नेकपा हुनुहुन्थ्यो ।हामी झर्रा झापाली।२०३३ बैशाखमा म लगायत सुवास नेम्बाङ,भिम रावल,भिम न्याैपाने,प्रदिप नेपाल,वीर ब लामा लगायत १४ जना गिरफ्तार गरियाै,अाराेप- राजतन्त्र बिराेधी पर्चा छरेकाेले राजकाज अपराध लागाइयाे।जेपि निडर मान्छे , हिरासतमा फलफूल लिएर भेट्न पुगे।काठमाडौ हनुमानढोका प्रहरी कार्यालयमा थुनिएका थियाै।अाएकाे देख्याै। हाम्रो नाम लिनासाथ झण्डै डण्ठ्याएनछ, प्रहरीले ।फिलिलि दाैडिदै बाहिरिएको देख्याै।
हामीलाई दुई महिना पछि अदालत लगेकाे थियाे।जेपि टुपलुक्क अाइ पुगे।सञ्चाे विसञ्चाे र खाँचाे साेधे।उनले भनेकाे सम्झन्छु- यसरी क्रान्ति कहाँ हुन्छ र? तपाईहरु गिरफ्तार हुनासाथ मजदुर किसानका जुलुस हाेउन् र पाे।हाम्रा दलका काम गर्ने तरिका फरक थिए।हामीले त एक एरिया,एक युनिट,एक स्क्वाड ,एक एक्सन लाइन अनुसार काम गरेका थियाै।
२०३७ सालकाे सुरुवात मै म भूमिगत भएँ। कार्यस्थल- पूर्व चितवन।पहिलाे शेल्टर- जेपिकाे घर पाे रहेछ।त्यही घरमा एक साँझ पार्टी जिल्ला सङ्गठन कमिटी गठन हुने भयाे। विष्णु घिमिरे ल्याउनु भएको प्रस्ताव – जि क मा शिवराज लामिछानेलाई राख्ने- अस्विकृत भयाे।एकाेहाेरा बुढा-त्याे दिन निकै रिसाए।
म दिनभरि जेपिकाेमा बस्थेँ,रात परेपछि राप्ती किनारकाे दनुवार गाउँमा छिर्थे।लुँगि माथि स्याहार्दै,हातमा चप्पल समाएर छड्के झाेला भिरेर घाेलहरु तर्दै रातमा ती गाउँमा पसेकाे हिजाे जस्तै लाग्छ।
जेपिका दाइ माधव ठेक्का पट्टा गर्नुहुन्थ्याे।एक दिन जे पि ले प्रस्ताव ल्याउनु भयाे- सुदुर पश्चिममा दाइकाे झाेलुँगे पुलकाे ठेक्का थियाे।काम सकिएकाे एक वर्ष भयाे । तर विभिन्न व्यक्तिलाई दिनु पर्ने भुक्तानी लिन काेहिपनि अाएनन् र त्याे रकम साठी हजार रहेछ,मैले त्याे रकम पार्टीलाई चन्दा मागि दिएकाे छु। उनीहरु अाफै सम्पन्न मान्छे थिएनन्।म द्विविधामा परेँ र पार्टीसङ अनुमति लिएर साे रकम पार्टीमा पठाइयाे।उनकाे सङ्गठन प्रतिकाे समर्पणकाे याे याैटा घटना थियाे ।
२०४२ सालमा उनलाई जनपक्षीय रा प स मा उम्मेद्वार बनाउन हाम्राे कमिटीकाे सिफारिसमा केन्द्रले निर्णय गर्याे । एकजना पत्रकार साथी अाकाङ्छी रहेछन् । उनले त जेपि सि अाइडि हाे भनेर बबण्डरै गरे। माधव नेपाल हाम्राे सिफारिसबाट टस् काे मस् हुनु भएन। त्याे सहि निर्णय थियाे भन्ने कुरा समयले प्रमाणित गरिसकेकाे छ ।
जनप्रतिनिधिले कसरी जनता सङ घुलमिल हुनु पर्छ र कसरी काम गर्नु पर्छ भन्ने मामलामा जेपि मानक उदाहरण हुन् ।अाजका ताेरिलाउरेहरुले त्यसकाे एक शताङ्स मात्रै अपनाउन सके पनि यी डढेलाे लागेका छातिमा थाेरै शिताङ्स पर्ने थियाे।
अब जेपि नरहने भए भने पछि हामी बुढाबुढी उनलाई भेट्न भण्डारा घरमा गयाै।उनले मेरी जहानलाई अाफ्नाे पुरानाे धन्सार देखाउदै भने- ल हेर्नुस! रमेश कमरेड(म) बसेकाे चाेटा त्यै हाे।जानुस त्याँ गएर भित्ताका पटरीमा हेर्नुस त ! उहाँले मेरा र दाइका छाेराछाेरीलाइ कख एबिसिडि पढाउदा लेख्नु भएको अहिले पनि छन्।त्याे प्रकाश कति अटेरी थियाे हगि?तपाईले सजिलै त्यसलाइ पढ्न लेख्न सिकाइ दिनु भयाे र केटाटीलाइ पढ्ने बानी लगाइदिनु भयाे ।
मैले त बिर्सि सकेकाे रहेछु,स्मृति पुनर्जागृत भएर अायाे।
उहाले भन्नुभयाे- म त मरि हाल्छु कमरेड,त्याे श्रद्धाञ्जली पर्द्धाञ्जली केही नगर्नु,पत्रिकामा पनि नछाप्नु ।
” तपाईंले बनाइदिएकाे जस्ताे पार्टी कहाँ छ र?साथीहरू बिचकाे कमरेड्ली अात्मियता हराइ सक्याे।पार्टीमा निस्कृय बसेर सायद तपाईले ठिकै गर्नुभयाे।सबैजना क्षण क्षणमा मरि रहेका छन्,म त अब अन्तिम एक पटक मात्र मर्ने न हाे ।
अलविदा प्रीय साथी ।
(यो विचार शर्माको फेसबुकबाट लिएका हौ ।)



















