पुर्व विद्यार्थी समाज खैरहनी माविको रक्तदान सम्पन्न
पुर्व विद्यार्थी समाज खैरहनी माविको रक्तदान सम्पन्न
चितवन।२६ भदौ। पुर्व विद्यार्थी समाज खैरहनी माविको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कोरोना भाइरसको बढ्दो संक्रमण संगै चितवनमा केही हप्ता यता रगको अभावलाई मध्यनजर गरेर रक्तदान कार्यक्रमको आयोजना गरीएको संस्थाले जनाएको छ। पुर्व विद्यार्थी समाज खैरहनीका अध्यक्ष एवं नेपाल बार एसोसीएसन चितवनका अध्यक्ष अधिवक्ता कमलराज पाठकको अध्यक्षता सम्पन्न कार्यक्रममा खैरहनी माध्यमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं समाजसेवी नवराज डल्लाकोटी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौला, जिल्ला रक्तसञ्चार केन्द्रका प्रतिनिधि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवानेता स्वरुप सुयाल, स्थानिय युवा समाजसेवी अशोक ढकाल लगायतको उपस्तिथि रहेको थियो।
कार्यक्रम यस कोरोना महामारीको बखत पर्याप्त सामाजिक दुरि कायम गरेर एवं चितवनका प्रमुख जिल्ला अधिकारीले जारी गर्नु भएको रक्तदान मापदण्ड अनुसार सम्पन्न भएको संस्थाका सचीव शम्भु बर्तौलाले बताउनुभयो। कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















